२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो



काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । १४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो । नेपालका लागि ओपनर आसिफ शेखले ७१, रोहित पौडेलले ३४ र कुशल भुर्तेलले २७ रन बनाए । ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए । टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीलरे गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले ५९ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए । १० ओभरको पावर प्लेमा २९-३ को अवस्थामा रहेको स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो । त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए । स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३/३ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय