१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

विदेशी युवाको पीडा : नकुल चौलागाईं



नेपालीको छ विदेशको खाडीमा जिउँदै लास
धन सम्पत्तिले गर्दा भयो जीवनमा सत्य नाश ।
गएदेखि सुख छैन पर्देशी घर
बाँचे मरे थाहा हुन्न न आउँछ न आउन्न खबर ।

साउको ऋणले दिनकै ब्याज पाक्या छ
नेपालको घर खेत आज बन्दकी राख्री छ ।
न आज सक्छु म घरमा नै जानलाई
गरिबलाइ गाह्रो भयो जीवन धान्नलाई ।

साउको ऋणले टाउको खाको छ
पैसा भने साउले गाउँ मानै लाको छ ।
नेपाली भाषा छोडेर विदेशी भाषामा
अब बाँच्नु नपरोस् अरुको आसामा ।।

कोही मानिस काम नभर बस्या छन्
कोही त काम गर्न विदेशी खाडीमा पस्या छन् ।
रोजगार छैन नेपाली युवालाई लाउन
जान्छन् युवा खाडीमा पसिना बगाउन ।।

गरिबको आखा सारै नि रोइ सक्यो
महँगी र बेरोजगारीले हिमचुली छोइसक्यो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय