२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

इङ्ग्ल्यान्डसँग भारतको लज्जास्पद हार



काठमाडौं । इङ्ग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८।५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । इङ्ग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो । इङ्ग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय