१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चारजनाको मिर्गौला प्रत्यारोपण



शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वस्थ व्यक्तिको दानवाट आएको मिर्गौला प्रत्यारोपण भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले दिनुभएको जानकारी अनुसार अर्घाखाँचीकी २६ बर्षीया छोरीले ४८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको छ । यस्तै दोलखाका २७ सौतेनी छोराले ३८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको थियो । तनहुँका ३६ बर्षीया श्रीमानले ३५ बर्षीया श्रीमतीवाट र काभ्रेका ३५ बर्षीय छोराले ५२ बर्षीय बुवावाट मिर्गौला दान गर्नुभएको थियो ।

डा.श्रेष्ठका अनुसार प्रत्यारोपित तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । केन्द्रले यसै आर्थिक बर्ष सम्ममा जम्मा निशुल्क नौ सयजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । ती मध्ये ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरि सकेकोछ । उहाँले हाल छ सय जना मिर्गौला रोगी पालो कुरेर बसेको जानकारी दिनुभयो ।

केन्द्रको नेतृत्व परिवर्तनसंँगै वार्षिक करिव दुई सय जनाको दरले मिर्गौला प्रत्यारोपण भइरहेको छ । हप्ताको ६ देखी ८ जनाको हुने गरेको तथा थप संख्यामा प्रत्यारोपण गर्नका लागि तत्काल भौतिक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । डा.श्रेष्ठको नेतृत्व आएको ९ महिना अवधीमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण विस्तार गर्ने योजना रहेको छ । यस्तै गत असार ९ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि मिर्गौला प्रत्यारोपण सुरु भइसकेको छ ।

यस्तै निकट भविश्यमा कर्णाली प्रदेशको सुर्खेत प्रदेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भइरहेको छ । हालसम्म केन्द्रमा मस्तिष्क मृत्युवाट हुने अंङ्गदानवाट जम्मा ८ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक बर्षमा मस्तिष्क मृत्युवाट हुने अङ्गदान र प्रत्यारोपण कार्य तिब्र रुपमा अगाडी बढाउने योजना बनाएको छ ।

नेपाल सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा केन्द्रलाई विस्तार गर्ने र बजेट भाषणमा उच्चस्तरको जनशक्ती उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !