७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपाल टी–ट्वान्टी लिग : चार टिम घोषणा, दुई टोली आउन बाकी



नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताका टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको बिराटनगर सुपरकिङ्ग्स र गोल्डस्पोर्टस् प्रालि भारतको जनकपुर राेयल्स रहेका छन् ।

क्यानका कार्यवाहक सचिव  प्रशान्त विक्रम मल्लले दुई टोली भौतिक रुपमा उपस्थित नहुँदा आज सार्वजनिक नगरिएको जानकारी दिए । ‘उनीहरुलाई पनि केही दिनमा सार्वजनिक गर्नेछौँ,’ उनले भने । सबै टिमहरू प्रतिस्पर्धाबाट नै आएको बताउँदै उनले लामो समय टिक्ने टिमलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

क्यानले पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो । त्यसबाट आएका कम्पनीहरूलाई छनोट गरेर राख्नेको हो  । 


प्रतिक्रिया दिनुहोस !