६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

एम अधिकारीका विषयमा यतिधेरै सोधिखोजी किन ? : ईश्वर पोखरेल



नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् ।

उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको जिकिर गरे ।

‘व्यक्तिले आफ्नो के हो भनेर पोजिसन बताएका छन् सम्बन्धित दलले आफ्नो पोजिसन बताएको छ,’ पोखरेलले भने,‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै ?’

उनले जरुरत परे एम अधिकारीको परिचय सार्वजनिक गर्ने बताए । ‘के हो भन्ने कुरा सम्बन्धित व्यक्तिले भनेका छन्’, उनले फेरि भने, ‘पार्टीले हो कि होइन भनेर बोलेको छ, सकियो नि त ।’

राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक गर्र्नुनपर्ने जिकिर गरे । उनले भने,‘…राजनीति दलहरुभित्र कतिपय त्यस्ता कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुदैन नि ।’


प्रतिक्रिया दिनुहोस !