११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, के बाबुराम माओवादीमै फर्किन लागेका हुन् त ?



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भट्टराईले आफू जसपाबाट अलग भए पनि सत्तारुढ गठबन्धनमै रहेको बताएका छन् ।

मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !