१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नेटफ्लिक्सले १० लाख सब्सक्राइबर गुमायो



एजेन्सी । नेटफ्लिक्सले स्ट्रिमिङ प्ल्याटफ्रमको राजाको रुपमा आफ्नो ताज कायम राख्न सङ्घर्ष गर्न परिरहेको छ । गत अप्रिलदेखि जुलाई महिनाको बीचमा कम्पनीले करिब १० लाख सब्सक्राइबर गुमाएको हो । यद्यपि यो सङ्ख्या कम्पनीले अपेक्षा गरे जति भने होइन । चर्चित सिरिज स्ट्रेन्जर थिंग्सले प्रयोगकर्ताहरूलाई बाँधेर राख्न सफल भएको थियो । कम्पनीले यो वर्षको अन्त्यदेखि भने प्रयोगकर्ताहरू बढ्ने प्रक्षेपण गरेको छ । गत अप्रिलमा कम्पनीले पहिलोपटक आफ्ना प्रयोगकर्ता घटेको रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले धेरैलाई जागिरबाट समेत निकालेको थियो । मंगलबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा अमेरिका र क्यानडाबाट कम्पनीले सबैभन्दा धेरै प्रयोगकर्ता गुमाएको छ भने युरोपबाट पनि धेरै प्रयोगकर्ता बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !