८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एसमा प्रवेश



कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एस प्रवेश गरेका छन् ।

काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे ।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो ।

यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।


प्रतिक्रिया दिनुहोस !