१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पूर्वअर्थमन्त्रीमाथि छानबिन : आज बिहान सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिदै



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ । बिहान ८ बजे तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट आइपुगेको छ । बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन । मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिर्पोट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !