१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एसईई नतिजा सार्वजनिक गर्न बोलाइयो बोर्ड बैठक, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !