१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप ५७७ सङ्क्रमित थपिए, दुईको मृत्यु



पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार २८२ कोरोना परीक्षण गर्दा ५७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार ४७४ पीसीआर परीक्षण गर्दा ३९१ र एक हजार ८०८ एन्टिजेन परीक्षण गर्दा १८६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६९ जना सङ्क्रमण मुक्त भएका छन् भने चार हजार ३५६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, २४ घण्टामा २८ हजार २५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !