१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

साफ यू-२० च्याम्पियनसिप पहिलो हाफमा भारतको अग्रता



काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ । यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरे ।


प्रतिक्रिया दिनुहोस !