११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बढुवाका लागि ४ सहसचिवको नाम सिफारिस



काठमाडौं । नेपाल सरकारको रिक्त रहेको २ सचिव पदमा बढुवाका लागि ४ जना सहसचिवको नाम सिफारिस भएको छ । सिंहदरबारमा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम र लेखापरीक्षणतर्फ रिक्त रहेको एक सचिव बढुवाका लागि एक जनाको नाम मात्रै सिफारिस गरेको हो ।

प्रशासनतर्फ सचिव बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा दीपक काफ्ले, दोस्रो नम्बरमा नारायण शर्मा र तेस्रो नम्बरमा दिनेश घिमिरेको नाम सिफारिस भएको हो भने लेखा परीक्षणतर्फ सचिव बढुवाका लागि ज्येष्ठताका आधारमा बिन्दु विष्टको नाम मात्रै सिफारिस भएको हो ।


प्रतिक्रिया दिनुहोस !