२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

करेन्ट लागेकी श्रीमती बचाउन खोज्दा दम्पतीकै मृत्यु



दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा श्रीमान् श्रीमती रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।

कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय