२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

६ लाख रुपैयाँ घुस लिँदै गर्दा पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ



Man in handcuffs

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन्  । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय