७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी



उदयपुर । सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।

अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बढलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएको हो ।

बेलका नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनले बताए । बेलका-३ मा मात्र ९ सय घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिए । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !