११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कोसीको बाढी पसेको श्रीलंका टापुमा २५ सय मानिस फसे



सुनसरी । कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् । श्रीलंका टापुमा फसेकाहरुकाे उद्दाका लागि सशस्त्र र नेपाल प्रहरीकाे टाेली सक्रिय छ ।

प्रमुख जिल्ला अधिकारी यादवले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताए । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवले बताए ।


प्रतिक्रिया दिनुहोस !