७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चीनको शिशु विद्यालयमा चक्कु प्रहार, तीनको निधन



चीनको दक्षिण पूर्वी चियाङ्सु प्रान्तको एउटा शिशु विद्यालय (किन्डरगार्टेन) मा भएको चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान भएको घटनमा अन्य छ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको भनिएका अन्दाजी ४८ वर्षका पुरुष फरार रहेको प्रहरीले जनाएको छ । उनको तीव्र रूपमा खोजी भइरहेको त्यहाँको सुरक्षा निकायले जनाएको छ ।

घटना आज बिहान १० बजे एन्फु काउन्टीको एउटा किन्डरगार्टेनमा भएको हो ।

स्राेत : अरब न्युज


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय