
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई करार कमर्चारी लिने विषयमा प्रक्रिया नपुर्याए कारवाहीको चेतावनी दिएको छ । मन्त्रालयले करार कर्मचारी हटाएर पुनः नियुक्ति गर्दा लोक सेवा आयोगमा पदपूर्तिका निम्ति नपठाउने सबै स्थानीय तहलाई कारवाही गर्न अख्तियार दुरुपयोय अनुसन्धान आयोगलाई लेखिपठाइने जानकारी गराएको हो ।
लोक सेवा आयोगबाट स्थायी कर्मचारी पदपूर्ति गर्न सक्ने अवस्था हुँदाहुँदै आयोगसँग समन्वय नगरी करार कर्मचारीलाई निरन्तरता दिएर कर्मचारी भर्ना गर्ने व्यवस्थाको दुरुपयोग भएको मन्त्रालयको ठहर छ ।
