१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि फेरि नेपालगन्ज फर्कियो



नेपालगन्ज। नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ। श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।

जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखिएको छ । प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !