२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

श्री एयरलाइन्सका यात्रुको बयान- आवाजपछि धुवाँ फैलियो र अब बाँचिदैन भन्ने लाग्यो



काठमाडौं । नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमानमा इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काए। का थिए । सो विमानमा सवार ७९ जना यात्रुमध्येका कन्सल्टेन्सी व्यवसायी विनोज बास्तोला थिए । उडिरहेको विमानमा समस्या देखिएपछि अरुको जस्तै उनको पनि हंसले ठाउँ छोडेको थियो । तर, आत्तिएकै मनस्थितिमा पनि उनले मोबाइलबाट भिडिओ खिच्न भ्याए ।

बास्तोलाका अनुसार विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको उनले जानकारी दिए ।

लगभग ९:४० मा प्लेन उडेको थियो । केहीबेर विमान सामान्य रूपमा उडिरहेको थियो, तर अपेक्षित उचाई लिइरहेको थिएन । १० मिनेटजति उडिसकेपछि अचानक विमानबाट टिङटिङ गर्दै इमर्जेन्सी साउन्ड आउन थाल्यो । विमानभित्र खुल्दुली सुरु भयो । मलाई पनि अलिकति डर लाग्यो ।

मैले एयर होस्टेसलाई कपास मागेँ र किन आवाज आएको हो भनेर सोधेँ । यसअघि विमान चढ्दा कहिल पनि यस्तो साउन्ड आएको अनुभव थिएन । एयरहोस्टेसले चाहिँ ‘यस्तो नर्मल हो, कहिलेकाहीँ हुन्छ’ भनेर मलाई आश्वस्त बनाइन् ।

तर, त्यसलगत्तै विमानभित्र धुवाँ देखिन थाल्यो । त्यसपछि त कोलाहल सुरु भइहाल्यो । पाइलट र एयरहोस्टेसले केही पनि जानकारी दिएनन् । सबैजना आत्तिन थाले । भगवानको नाम लिन थाले । विमान दुर्घटनामा पर्ने निश्चितजस्तै लाग्यो । अब बाँचिदैन भन्ने भयो । त्यसबेला मैले बेसुरमै मोबाइल झिकेर भिडियो खिच्न थालेछु । अहिले कसरी खिँचेहोला जस्तो लाग्छ ।

धुवाँ निस्किएपछि पाइलटले एकदमै स्पिडमा विमानलाई टर्न गराए । त्यसबेला विमान ब्यालेन्समा थिएन । उनले स्वाट्टै ल्याएर एयरपोर्टमा विमानलाई थचारे । लगभग १००-२०० मिटरमै उनले झ्याप्पै ब्रेक लगाएर विमान रोके । त्यसपछि सबै यात्रुहरु ज्यान बचाउनका लागि भागदौड गर्न थाले । अगाडि पछाडिका सबै ढोकाहरु खुले । सबै आत्तिदै भाग्यौ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय