२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

ताइवान तनाव : चीनले प्रहार गर्‍यो शक्तिशाली डोङफेङ ब्यालेस्टिक मिसाइल



एजेन्सी । चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षामन्त्रालयले जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय