१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मन्त्रिपरिषद् बैठक : काफ्ले र बिष्ट सचिवमा बढुवा



काठमाडौं । सरकारले प्रशासन र लेखापरीक्षणतर्फ गरेर २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सहसचिव दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु बिष्टलाई सचिवमा बढुवा गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त २ सचिवमा बढुवाका लागि ४ जना सहसचिवको नाम सिफारिस गरेको थियो । समितिले प्रशासनतर्फ रिक्त एक सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम र लेखापरीक्षणतर्फ रिक्त एक सचिव बढुवाका लागि एक जनाको मात्रै नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !