२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

चिनियाँ नागरिकलाई अपहरण गरि १ करोड फिरौती माग्ने २ प्रहरीसहित ६ जना पक्राउ



काठमाडौं । प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा २ प्रहरीसहित ६ जना अपहरणकारीलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् । 

उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो । उनीहरुले चिनियाँलाई अपहरण गरेर राजधानीको गोंगबुस्थित एक होटलमा राखेका थिए भने रकम लिन गोंगबुकै बिजी मलमा बोलाएपछि रकम लिने क्रममा प्रहरीले पक्राउ गरेको हो । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय