२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

जापान पाँच हजार बढी नेपाली कामदार लैजान तयार, छिट्टै कार्यविधि बन्ने



काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने समझदारी भएको छ ।

कार्यसमितिको काठमाडौंमा बसेको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउन ढिलाइ नगर्ने समझदारी भएको हो । बैठकमा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि तयारी गर्ने सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय