२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

ललितपुरबाट राजस्व छलीको २८ हजार किलो सुर्ती बरामद, ४ जना प्रहरी फन्दामा



ललितपुर । ललितपुरको खोकना र भैँसेपाटीस्थित गोदामबाट ठूलो परिमाणमा भन्सार छलेको तयारी र कच्चा सुर्ती बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागसँगको समन्वयमा ८ हजार तयारी सुर्ती र २० हजार कच्चा सुर्ती बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । 

भारतबाट भन्सार छलेर कच्चा सुर्ती ल्याउने र तयार गरेर बजारमा बेच्ने उद्योग संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका पोष्टराज गौतम, मोरङ घर भएका सुरेश पोखरेल, सर्लाही घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौंको सिनामंगल बस्ने ३८ वर्षीय अरविन्द अग्रवाल छन् ।  


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय