२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

चिनियाँ नागरिककाे अपहरण : कलसेन्टर अप्रेसनपछि ट्रयापमा पार्न खोजेको निष्कर्ष



काठमाडौं। बुधबार साँझ प्रहरीसहितको गिरोहबाट अपहरणमा परेका चिनियाँ नागरिक अवैध कल सेन्टर संचालनमा सक्रिय भएको हुन सक्ने प्रारम्भिक निस्कर्ष निकालिएको छ। चिनियाँ नागरिक याङ याङ कल सेन्टर संचालनमा सक्रिय रहेको हुन सक्ने केही प्रमाणहरु फेला परेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए।

पछिल्लो समय चिनियाँ नागरिकहरुले संचालन गरेका कल सेन्टरमा प्रहरीले अप्रेसन चलाएपछि गिरोहले पैसा उठाउन याङलाई अपहरण गरेको हुन सक्ने प्रारम्भिक निस्कर्ष निकालिएको हाे।

प्रहरीले पछिल्लो दुई साता यता रुपन्देही र काठमाडौंमा गरी तीनवटा कल सेन्टरमा छापा मारेको छ। चिनियाँको लगानी रहेको भनिएका ती कल सेन्टरबाट मासिक करोडौँ रुपैयाँ ठगी हुने गरेको दावी प्रहरीको छ। प्रहरीको यहि अप्रेसनको डर देखाएर याङबाट फिरौती उठाउन खोजिकएको अनुसन्धान अधिकारी बताउछन्।

लाजिम्पाटस्थित एक फ्ल्याटमा बस्दै आएका याङलाई दुई जना प्रहरीसहितको टोलीले बुधबार अपहरण गरेर नयाँ बसपार्कस्थित एक होटलमा बन्धक बनाएको दावी गरिएको छ। काठमाडौं प्रहरीका अनुसार अपहरणकारीले याङका आफन्तसँग एक करोड रुपैयाँ फिरौती माग गरेका थिए।त्यसबारे सूचना पाएको प्रहरीले दुई जना प्रहरीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी जवान २८ वर्षीय शिव सुनार र हवल्दार ३७ वर्षीय कर्णबहादुर गुरुङसहित छन्। गुरुङ उच्च अदालत पाटनका एक न्यायाधिशका पीएसओ हुन्। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय