२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

चीनले ११ वटा मिसाइल प्रहार गरेको ताइवानको पुष्टि, जापानले गर्‍यो निन्दा



एजेन्सी । अहिलेसम्म चीनले ११ वटा क्षेप्यास्त्र आफ्नो भूमीमा प्रहार गरेको ताइवानले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेलगत्तै त्यसको प्रतिक्रियामा चीनले क्षेप्यास्त्रहरू प्रहार गरेको हो ।

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ । रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् । स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइलभित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ ।

चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ । जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए । चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ । चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय