२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

चीनले ताइवानमा क्षेप्यास्त्र हानेपछि अमेरिकाको कडा चेतावनी



काठमाडौं । अमेरिकाले चीनलाई ताइवानको सीमानामा तनाव बढाएर संकट ननिम्त्याउन चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको गतिविधि नरोकिए आगामी दिनमा संकट हुने बताएका हुन् । एन्टोनी ब्लिङ्कनले चीनले ताइवानीमा क्षेप्यास्त्र प्रहार गरेपछि आगामी दिनका लागि तनाव नबढाउन चेतावनी दिएको हो ।

उनले चीनलाई ताइवानी सीमामा भइरहेको सैन्य अभ्यास तत्काल रोक्न र अबका दिनलाई सहज बनाउन भनेको समाचार एजेन्सीहरुले बताएका छन् । ‘चीनको यस गतिविधिले चीन तथा यस क्षेत्रका कसैको पनि हित हुनेछैन । साथै अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउदछ,’ बिदेशमन्त्री एन्टोली ब्लिङ्कनले भने ।

त्यस्तै अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको उल्लेख गरेको छ । उता चीनले भने पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको भन्दै सैन्य गतिविधि आवश्यक भएको निष्कर्ष निकालेको छ । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय