२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

राजीनामा स्वीकृत नहुदै पोखरेल आजदेखि अवकाशमा



काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि उनले अनिवार्य अवकाश पाएका हुन् । आईजीपी नियुक्ती बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । उनले दायर गरेको रिट सर्वोच्च अदाललते असार ३१ मा खारेज गरेको थियो ।

पोखरेलले साउन २ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजीनामा अघि बढाएनन् । एआईजीको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । मन्त्रिपरिषद्मा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्छ । तर, आईजीपी सिंहले राजीनामा पत्र गृह मन्त्रालयमा पठाएनन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय