२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

कच्चा तेलको मूल्य ५ महिनायताकै न्यून, निगमको घाटामा व्यापक कमी



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ । नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ ।

पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो । इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय