
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको बताएको छ। बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको बताएपछि सरकारले ओलीको भनाइको खण्डन गरेको हो ।
केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु’, कार्कीले भनेका छन्, ‘यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु।