
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा बेइजिङले अमेरिकासँगको विभिन्न आठ क्षेत्रमा सहकार्य रोक्ने निर्णय गरेको छ। त्यस्तै चिनियाँ विदेश मन्त्रालयले वरिष्ठ सैन्य कमान्डहरुबीचको संवादलाई पनि रोक्ने निर्णय गरेको छ।
त्यसका अलावा सीमापार अपराध रोकथाम तथा अवैध आप्रवासी फिर्तासहित आठ क्षेत्रमा सहकार्य बन्द गर्ने चीनले बताएको छ। शुक्रबार नै चीनले पेलोसी र उनको परिवारका सदस्यलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसअघि बिहीबार ताइवानवरिपरि चिनियाँ सेनाले सैन्य अभ्यास सुरु गरिसकेको छ।