२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

अशोक राईको जसपामा छलाङ, उपेन्द्र यादवलाई पछि पार्दै पहिलो वरीयता



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा वरियताक्रमको पहिलो नम्बरमा अशोक कुमार राईलाई राखिएको छ । अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै उनलाई वरीयताको पहिलो नम्बरमा राखिएको हो ।  यसअघि उनको वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेको थियो । केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो । यसअघि डा.बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष उपेन्द्र यादवको वरीयता थियो । 

डा.बाबुराम भट्टराई पार्टी छाडेर गइसकेपछि सो ठाउँमा अशोक राईलाई ल्याइएको छ । पुनर्गठन गरिएको केन्द्रीय समितिमा वरिष्ठ नेतामा कसैलाई राखिएको छैन । यसअघि वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ । 

असार २९ गते बसेको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद्को अध्यक्षबाट हटाएर राईलाई मनोनयन गरिएको थियो ।  तर पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था भएपनि यादवले केन्द्रीय समिति पुनर्गठन गर्दा एकजना अध्यक्ष मात्र राखेका छन् । पार्टीको विधान अनुसार दुईजना अध्यक्ष राख्नुपर्ने भन्दै डा.बाबुराम भट्टराईले पार्टीमा कुरा उठाएका थिए । त्यही विषयमा कुरा नमिल्दा डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएका हुन् । 

जसपाका कार्यकारिणी सदस्य इस्तियाक राई पनि दुईजना अध्यक्ष हुनुपर्ने पक्षमा थिए । तर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री भए पछि उनी मौन छन् ।  यसैबीच आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ । केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने सो बोर्ड १३ सदस्यीय रहेको छ । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय