२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

२०२४ मा निर्माण सम्पन्न हुने अरुण तेस्रोको बजार सुनिश्चित



काठमाडौं । नेपालमा भारतले बनाइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । सतलज जलविद्युत् विकास निगमअन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले नेपालको प्रदेश १ को संखुवासभामा ९०० मेगावाटको अरुण ३ आयोजना बनाइरहेको छ । ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण गर्न प्रक्रिया पनि अघि बढाएको छ । अरूण ४ परियोजना पनि सतलजको पोल्टामा पुगिसकेको छ । अरुण ३ सन् २०२४ र तल्लो अरुण २०२८ सम्म बनाएर व्यावसायिक सञ्चालन गर्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय