२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

दार्चुलाको नौगाड खोलामा खसेर एक महिला बेपत्ता



दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर १ मा साङपाङ क्षेत्रस्थित नौगाड खोलामा खसेर एक महिला बेपत्ता भएकी छन् । शुक्रबार बिहान घरबाट नजिकको मेलामा जाने क्रममा स्थानीय अन्दाजी ३२ वर्षीया अनितादेवी ठगुन्ना नौगाड खोलामा खसेर बेपत्ता भएकी हुन् ।

प्रहरीका अनुसार घर नजिककैको गोधानीको मेलामा घाँस काट्ने बेला नौगाड खोलामा खसेर बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरका अनुसार बिहान करिब साढे ८ बजेतिर घरदेखि अन्दाजी १ घण्टाको पैदल दूरीमा रहेको गोदानी जंगलमा घाँस काट्ने क्रममा ५ सय मिटर तल नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय