७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कर्मचारीले काम नगर्दा करोडौं रकम फ्रीज भयो : मुख्यमन्त्री शाही



सुर्खेत । आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो । आफ्नो हिसाव नमिलेपछि जनताको भुक्तानी दिन आनाकाँनी गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मताहातमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ ।


प्रतिक्रिया दिनुहोस !