१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १६३, ललितपुरमा ४४, कैलालीमा २८, चितवनमा १२, मोरङमा ११, सुनसरीमा ८, भक्तपुरमा ७, झापामा ६, मकवानपुरमा ५, गुल्मी र रुपन्देहीमा ४÷४ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै धनुषा, कास्की र लमजुङमा ३/३, धनकुटा, तनहुँ र पाल्पामा २/२ र इलाम, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, सप्तरी, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, पर्वत, स्याङ्जा, अर्घाखाँची, दाङ, बर्दिया, रोल्पा, बझाङ, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण भएको छ ।


प्रतिक्रिया दिनुहोस !