८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

थाहा पाउनुस् तातोपानी पिउनुका ४ आश्चर्यजनक फाइदाहरु



काठमाडौं । तपाईंले बिहानै तातो पानीलाई पिउने गर्नु भएको छ । यदि त्यसो गर्नु भएको छैन भने आजै देखि तातो पानी पिउने गर्नुस् । तातोपानीलाई भासोडिलेटर भनिन्छ अर्थात् यसले रक्तनलीको विस्तार गर्छ । त्यसैले यसले शरीरभरी रक्तसञ्चारमा सहयोग गर्छ । रगत राम्रोसँग सञ्चारित हुँदा मांसपेशीहरुलाई आराम दिन्छ र दुखाई कम गर्न मद्दत गर्छ । दैनिक रुपमा तातोपानी खाँदा शरीरमा जमेको बोसोलाई कम गर्न, मांसपेशीलाई आराम दिन र रगतको प्रवाह बढाउन मद्दत गर्छ । यसका साथै रक्तसञ्चारमा सुधार आउँदा यसले छालाको कोसिकामा सकारात्मक असर पुर्याएर यसलाई राम्ररी पोषण दिने काम गर्छ ।

१. स्वस्थ पाचन

कोही मानिसले पर्याप्त मात्रामा पानी नखाँदा सानो आन्द्राले व्यक्तिले खाएको खाना र पेय पदार्थबाट पानी सोस्ने गर्दछ । यसले गर्दा डिहाइड्रेसन हुन्छ आन्द्राबाट दिसा पास हुन बाधा उत्पन्न हुन्छ । यसका साथै, अत्यधिक डिहाइड्रेसन भएको अवस्थामा कब्जियतसमेत हुन्छ । यस्तै, चिसो पानीको तुलनामा तातो पानीले खानालाई छिट्टै ब्रेक गर्ने काम गर्छ । त्यसैले कब्जियतको जोखिम कम हुन्छ र यसले नियमित र पीडारहित दिसा पास गर्न सहयोग पुर्याउँछ ।

२. तौल घट्छ

थुप्रै अनुसन्धानले के देखाउँछ भने धेरै तातोपानी खाँदा तौल घट्ने सम्भावना बढी हुन्छ । तातो पानी खाँदा पेट भरिएको जस्तो महसुस हुने भएर पनि यसले तौल घटाउन सहयोग पुर्याएको हुनसक्छ । पानीले शरीरमा पौष्टिक तत्व सोस्न र टक्सिन र अनावश्यक कुराहरु बाहिर निकाल्न सहयोग गर्छ ।

तनाव कम गर्छ

एक कप वा गिलास तातो पानीले मानिसलाई तनाव कम गर्न वा राम्रो तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ । केही वर्ष अघि गरिएको एक अनुसन्धानका अनुसार चिया वा कफीजस्ता तातो पेय पदार्थको सेवनले तनावको स्तर कम गर्ने र डिप्रेसनबाट पनि राहत प्रदान गर्न मद्दत गर्दछ ।

४. बडी डिटक्सिफिकेसन

तातो पानीले शरीरलाई डिटक्सिफाई गर्छ । पानी तातो हुँदा यसले व्यक्तिको शरीरको तापक्रम बढाउने गर्छ जसका कारण पसिनासमेत आउने गर्छ । पसिनाले टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ  । यसले छाला र शरीरको छिद्रहरु सफा गर्न पनि मद्दत गर्छ ।

आर्थराइटिस फाउन्डेशनका अनुसार शरीरका विषाक्त तत्वलाई बाहिर निकाल्नका लागि पनि तातो पानी आवश्यक छ । यसका साथै यसले सुन्निएको शरीरलाई राहत प्रदान गर्छ र जोर्नीलाई लचिलो बनाउन सहयोग गर्छ ।


प्रतिक्रिया दिनुहोस !