१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एटीएम फोड्न माहिर विक, जेलबाट छुटेपछि अर्को एटीएम फोड्दै गर्दा पक्राउ



पोखरा । कास्कीको पोखरामा एटीएम फोडेर नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। कास्की प्रहरीले एनआईसी एसिया बैंकको एटीएम फोडेर नगद चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विकलाई पक्राउ गरेको हो। 

उनले पोखरा महानगरपालिका १७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम मेशिन फोरेर नगद चोर्ने तयारी गरेको प्रहरीको दाबी छ। एटीएम मेशिन फोर्दै गरेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !