७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोलि



काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ ।ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् 

लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।जियु-जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !