६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

टी२केले जित्यो पब्जी मोबाइल नेपाल सिरिज



पब्जी मोबाइल नेपाल सिरिज २०२२को उपाधी ट्रेन टु किल (टी२के)ले जितेको छ। फाइनलमा १५ टिमलाई पछी पार्दै टी२ले उपाधी उचालेको हो।

फाइनको शुरुवाती खेलदेखि नै उत्कृष्ट प्रदर्शन निरन्तरता दिँदै टी२केले उपाधी आफ्नो पोल्टामा राख्न सफल भएको छ।

फाइनल चरणमा ३ दिनमा १८ खेल खेलाइएको थियो। टी२के फाइनल अवधिभर ४ चिकेन डिनर पनि लिन सफल भएको थियो। आक्रमक खेलको नमूना प्रस्तुत गरेको टी२केले १२८ किल तथा १४६ प्लेसमेन्ट प्वान्ट सहित कुल २७४ अंक प्राप्त गर्न सफल भएको थियो।

टी२केले फाइनलको पहिलो खेल र अन्तिम खेलमा चिकेन डिनर हासिल गर्दै प्रतियोगिताको शुरुवात र अन्त्य सुखद गरेको छ। उपाधीसँगै टी२केले ३ लाख २० हजार रुपैयाँ पनि जितेको छ।

दोस्रो स्थानमा रहेको डीआरएस गेमिङले पनि ३ चिकेन डिनर लिन सफल भएको थियो। डीआरएसले कुल १२२ किल तथा ११६ प्लेसमेन्ट प्वान्ट सहित २३८ अंक प्राप्त गर्न सफल भएको छ। डीआरएसले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

४ चिकेन डिनर लिएको हाइभोल्टेज तेस्रो स्थानमा रहन सफल भयो। हाइभोल्टेजले १०२ किल तथा ११३ प्लेसमेन्ट प्वान्ट सहित २१५ अंक प्राप्त गर्यो। तेस्रो स्थानमा चित्त बुझाएको हाइभोल्टेज १ लाख रुपैयाँ जित्न सफल भयो।

फाइनल चरण शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको थियो। प्रतियोगितको कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय