१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एकराज बस्नेतले ६ लाख २० हजार अझै नदिएको विमला ओलीको गुनासो



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले आफूले पाउनुपर्ने ६ लाख २० हजार रुपैंया अझै नपाएको गुनासो गरेकी छिन्। वाइसीएल नेता एकराज बस्नेतले लगेको सापटी रकम दिलाउन पार्टीका नेताहरुलाई भनेको भएपनि अझै हात नपरेको उनको गुनासो छ।

खास पाउनुपर्ने साढे ६ लाख हो, प्रतिवेदनमा ६ लाख २० हजार मैले पाउनुपर्ने भनिएको छ। डेढ महिना भइसक्यो अहिलेसम्म पाएको छैन।’ उनले भनिन्, ‘पार्टीका धेरै नेताहरुलाई सम्पर्क गरें। सबैले हुन्छ हुन्छ मात्र भन्नुहुन्छ, पाएको छैन।’

वलीले त्यतिबेला आफूलाई राज्यमन्त्रीबाट राजीनामा दिन लगाए पनि सापटी फिर्ता गराउन पार्टीका नेताले चासो नदिएको उल्लेख गरिन् । एकराज बस्नेतबाट विमला कुमारी वलीले ६ लाख २० हजार रुपैंया पाउनुपर्ने समितिको प्रतिवेदनमा भनिएको थियो। छानविन समितिले प्रतिवेदन नबुझाउँदै राज्यमन्त्री वलीले पदबाट राजीनामा दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !