७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अकुत आर्जन र ‘कान्छी’ सँगको लफडाले प्रहरी फन्दामा परे ‘हाइप्रोफाइल’ व्यवसायी श्रेष्ठ



काठमाडौं । विदेशी मुद्राको गैह्रकानुनी र शंकास्पद कारोबारमा पक्राउ परेका अमित श्रेष्ठ लामो समय प्रहरीका उच्च अधिकारीहरुसँग सुमधुर सम्बन्धमा रहेका व्यवसायी हुन् ।

प्रहरीले चाहेको भए धेरै वर्ष पहिला उनी पक्राउ पर्ने तल्लो तहका अनुसन्धान अधिकारीहरु बताउँछन् । तर उच्च सुरक्षा अधिकारीहरुसँगको साँठगाठमा श्रेष्ठले आफूविरुद्ध लागेका आरोपहरुसमेत निरन्तर दबाउन सफल भएको बताइन्छ । एक समय उनले प्रहरीबाट गोप्यरुपमा पीएसओसमेत पाएको चर्चा चल्ने गरेको थियो ।

२०७७ सालमा नुवाकोटको विदुर नगरपालिका स्थायी घर भएका अमितको नाममा बा १० च ८००९ नम्बरको ल्यान्डरोभर जिप, बा १६ च ९८८८ नम्बरको प्राडो जिप, अमान्सु ट्रेडर्स र होटल द ह्वाइट लोटस भ्यु प्रालीमा सेयर, विशाल सिमेन्टमा १० लाख ४५ हजार कित्ता सेयर, चार ठाउँमा जग्गा, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडमा ४ हजार ३ सय ५९ कित्ता सेयर र सिंगटी हाइड्रोमा ३५ हजार कित्ता रहेको पाइएको थियो ।

श्रीमती र दुई छोराछोरी क्यानडामा रहेका बेला श्रेष्ठ कुपन्डोलस्थित निजी अपार्टमेन्टमा उमेरले आफूभन्दा १२ वर्ष कान्छी झापाकी कन्चन खत्रीसँग लिभिङ टुगेदरमा थिए । विभिन्न समयमा अदालतलाई लेखेका जवाफमा अमितले कन्चनसँग परिबन्धमा परेर विवाह गरेको, पेटमा बच्चा रहेपछि अंशस्वरुप अपार्टमेन्ट दिएको उल्लेख गरेका छन् । विपक्षी कन्चन खत्रीले अंश माग गरेकाले वादी नाबालक छोरा गर्भ रहेको अवस्थामा नै विपक्षी कन्चन खत्रीले म प्रतिवादीसँग मालपोत कार्यालय ललितपुरबाट अंश बुझी लिई भिन्न भिन्न बसेको’, अमितले अदालतलाई दिएको निवेदनमा उल्लेख छ ।

अमितको दाबीअनुसार अंश दिएर छुट्टाछुट्टै बसे पनि श्रीमती र बच्चाको जिउ ज्यानको सुरक्षा ख्याल गर्दै उनले कन्चनलाई थाइल्यान्डमा लगेका थिए । तर बच्चा शारीरिकरुपमा अस्वस्थ जन्मिएकाले दुईबीच तनाव अझ बढ्यो । अयानको हकमा संरक्षक बनेर उनले २०७६ सालमा कन्चनले अंश मुद्धा दायर गरिन् ।

‘म प्रतिवादीले नाबालक छोराको लालन पलान पोषण औषधी उपचार गर्न र बच्चाको नाममा जग्गा जमिन किन्न भनि खर्चसमेत बारम्बार मासिक रुपमा विपक्षी कन्चन खत्रीलाई बच्चाको लागि भनि बच्चा पेटमा भएदेखि खर्च पठाउँदा पठाउँदै म प्रतिवादीलाई अनावश्यक लान्छना लगाई म प्रतिवादीसमेत उपचार विपक्षीले बारम्बार म विदेशमा भएको अवस्थामा को कसको मिलेमतोमा मुद्धा हालेको’, अदालतसमक्ष गरेको निवेदनमा अमितले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !