१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

म्याच फिक्सरलाई कोच बनाएको भन्दै क्यानको आलोचना !



काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकका रुपमा भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरको नियुक्ति विवादित बन्ने सम्भावना देखिएको छ । उनी म्याच फिक्सिङको अभियोगमा भारतीय क्रिकेट बोर्डबाट पाँच वर्षको प्रतिवन्ध भोगेका व्यक्ति हुन् ।

प्रभाकरका नाममा एउटा टेस्ट शतक र दुई ओडीआइ सतक रहेका छन् । १९९५–९६ को विश्वकपपछि प्रभाकारको करिअर निराशाजनकरुपमा अन्त्य भएको थियो । आफ्नो अन्तिम म्याचमा उनले श्रीलंकाविरुद्ध ४ ओभरमै विनाविकेट ४७ रन खाएका थिए । त्यसपछिको म्याचमा उनलाई ड्रप गरियो भने लगत्तै उनले सन्न्यास घोषणा गरे ।

राष्ट्रिय क्रिकेटरका रुपमा औसत सफल प्रभाकरमाथि म्याच फिक्सिङको दाग छ । खासमा प्रभाकरले भारतीय लिजेन्ड कपिल देवले आफूलाई म्याच फिक्सिङका निम्ति २५ लाख भारुको अफर गरेको भन्दै एक मिडियालाई अन्तरवार्ता दिएका थिए । तर, सो अन्तरवार्ता उनका निम्ति आत्मघाती भयो । प्रहरी अनुसन्धानमा अन्ततः प्रभाकरले नै म्याच फिक्सिङ गरेको ठहरियो ।

दायाँ हाते ब्याट्सम्यान तथा मध्यम गतिका बलर प्रभाकार १९९० को दशकमा भारतको राष्ट्रिय टिमका नियमित सदस्य थिए । उनी तल्लो क्रममा ब्याटिङ गर्ने गर्थे भने यदाकदा ओपनिङमा पनि आउँथे । उनको बलियो पक्ष चाहिँ बलिङ हो । उनी इन स्वीङ र आउट स्वीङ दुवैमा पोख्त थिए ।

भारतका लागि प्रभाकरणले ३९ टेस्ट र १३० ओडीआइ खेलेका छन् । उनले टेस्टमा ९६ विकेट र ओडीआइमा १५७ विकेट लिए । ब्याटिङतर्फ टेस्टमा १६०० र ओडीआइमा १८५८ रन बनाएका थिए । म्याच फिक्सिङ गरेका प्रभाकरणलाई मुख्य कोच बनाएको भन्दै क्यानको आलोचना हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय