१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रदेश सरकारको बजेटमा अनियमितता, सात जनाविरुद्ध मुद्दा



डिभिजन वन कार्यालय मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापासहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । पर्यटकीय मार्ग निर्माणमा प्रदेश सरकारले निकासा गरेको बजेटमा अनियमितता गरेको ठहर गर्दै उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा हालेको हो ।

अख्तियार मुद्दा दायर गरेका अन्यमा सव-इन्जिनियरद्वय हिमाल कुमार मल्ल र गोरसिंह बढुवाल रहेका छन् । त्यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढाविरुद्ध पनि मुद्दा परेको छ ।

उनीहरुले छायाँनाथ रारा नगरपालिका-१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट वन कार्यालयमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

अख्तियारले निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरेर झुट्टा नापी किताब, र मूल्याङ्कन विललगायत कागजात बनाएको पुष्टी गर्दै उनीहरुसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो माग दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !