१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाल एक चीन नीतिमा उभिएपछि चीनले खुलेर गर्यो प्रसंशा



काठमाडौं । नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई फेरि सार्वजनिक गरेपछि चीनले प्रसंशा गरेको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताको दौरान चिनियाँ पक्षले नेपालको प्रसंशा गरेको हो।

खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ टोलीबीच सान्तोङ प्रान्तको छिङ्ताओमा द्धीपक्षीय बैठक भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।

द्वीपक्षीय बैठकमा चिनियाँ पक्षले नेपालले एक चीन नीतिप्रति गरेको प्रतिबद्धताको प्रसंशा गरेको बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई जानकारी दिए । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू खुसी थिए र प्रसंशा गरे,’ ती अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय