१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाल र चीनबीच सीमानाका खोल्ने सहमति



काठमाडौं । नेपाल र चीनबीच रसुवा—केरुङ् र तातोपानी—झाङमु सीमानाका व्यापारका लागि दुईतर्फी खोल्ने सहमति पनि भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका समकक्षी वाङ यी बीच बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै हिल्स-पुराङ नाका चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना संक्रमण नियन्त्रणमा आउनासाथ एकतर्फी खोल्न दुवै पक्ष राजी भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनका परराष्ट्रमन्त्रीले सीमा नाकामा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय