१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

महासचिवका लागि वर्षमान र जनार्दन मैदानमा लड्दै, गजुरेलले निर्णयाक गोल हान्दै !



काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न महाधिवेशनले पार्टी अध्यक्ष बाहेक अरु पदाधिकारी चुन्न सकेन । लामोसमयदेखि माओवादीमा पदाधिकारी चयन गर्न नसक्दा गत असार १९ गतेदेखि पाँच दिनसम्म काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो। जसको मुख्य कारण थियोे माओवादीमा प्रचण्डको सम्भावित उत्तराधिकारीको चयन । अर्थात् महासचिवमा कसलाई बनाउने भन्ने बहस । देशको महत्त्वपूर्ण राजनीतिक खेलाडी माओवादीमा अहिलेसम्म पनि महासचिव पद रिक्त छ । माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो। काठमाडौंमा सम्पन्न महाधिवेशनमा महासचिवका लागि ६ जनाले दाबी गरेका थिए । जसमा कृष्ण बहादुर महरा, वर्षमान पुन ‘अनन्त’, पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल महासचिवका आकांक्षी थिए । तर महासचिवका आकाक्षी मध्ये पार्टीमा बलियो पकड रहेका वर्षमान र जनार्दनमध्ये एकलाई महासचिवको जिम्मेवारी सुम्पिने तयारी गरेका थिए ।

त्यसो त पूर्वसभामुखसमेत रहिसकेका कृष्णबहादुर महारले आफूलाई महासचिव बनाउनुपर्ने कडा सर्त राखेका भएपनी अहिले उपाध्यक्षमा बस्न तयार भएका छन्। महाधिवेशनको वर्षमान भने स्वास्थ्य समस्याका कारण चीनमा गरिरहेका थिए । छिमेकी देश चीनको पनि वर्षमानलाई महासचिव बनाउन दबाब रहेको ठानिएको थियो । सबैतिरबाट विश्लेषण गर्दा महसचिवमा वर्षमान र जनार्दन मध्ये एक जना हुनसक्ने सबैको आकलनले हावा खाने भएको छ । यी दुई नेता मैदानमा प्रचण्डको उत्तराधिकारीका लागि मैदानमा एक अर्का संग प्रतिस्पर्धा गरिरहेका बेला हरिबोल गजुरेलले महासचिवमा गोल हान्ने भएका छन् । प्रचण्डले वर्षमान र जनार्दन आफ्नै ‘खास’ मान्छेसमेत भएकाले तेस्रो विकल्पलाई अगाडि सार्ने तयारी गरेका हुन् । यद्यपि पछिल्लो समय अर्थमन्त्री शर्मा विवादमा तानिएपछी प्रचण्ड पनि उनीसंग असन्तुष्ट रहेको माओवादी स्रोत बताउँछ ।

वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ बन्ने पक्का छ । प्रचण्डले वर्षमान पुन र जनार्दन शर्माको विकल्पमा हरिबोल गजुरेललाइ महासचिव बनाउने तयारी गरेको स्रोतको दाबी छ । हरिबोल गजुरेल भने पहिला नै कोषाध्यक्ष भइसकेका कारण उनलाई महासचिव बनाउदा पोर्टफिलियो मिलानमा पनि सहजता हुने र पार्टी भित्रको गुटबन्दीमा कमी आउने एक माओवादीका स्थायी सदस्य बताउँछन्। पुराना नेता गजुरेलको अहिलेसम्म कुनै गुट नै नरहेकाले प्रचण्ड गजुरेल प्रति साकारात्मक रहेका छन् । यद्यपि अनन्त पनि एक कार्यकाल पार्टीको सचिव भैसकेका छन् तर उनको तुलनामा जनार्दन भने एक बरियता तल र पार्टीको स्थायी समिति सदस्य मात्रै रहेकाले वर्षमान नै महासचिवमा हुनुपर्ने माओवादी भित्र तर्क उठ्ने गर्दछ ।

पार्टीमा वर्षमान र जनार्दनको स्थानीयदेखि केन्द्रसम्म आफ्नै गुटहरु अस्तित्वमा रहेको माओवादी नेताहरू बताउँछन् । केही नयाँ अनुहारलाई पनि पदाधिकारीमा ल्याउने तयारी गरेको माओवादी स्रोत बताउछ । यता, मातृका यादव, हितराज पाण्डे, देवेन्द्र पौडेल पनि पदाधिकारीका आंकाक्षी हुन् । माओवादी केन्द्रमा अध्यक्षबाहेक १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। संम्भवत, अब बस्ने ठानिएको माओवादी स्थायी समितिको बैठकले महासचिव चयन गर्ने माओवादी उच्च स्रोत बताउँछ ।


प्रतिक्रिया दिनुहोस !